अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपालमा जिम्मेवारी बाँडफाँड,कसलाई के जिम्मेवारी ?

प्रेस चौतारी नेपालमा जिम्मेवारी बाँडफाँड,कसलाई के जिम्मेवारी ?


काठमाडौं – प्रेस चौतारी नेपालले संगठनका पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गरेको छ ।
संगठनको केन्द्रीय कमिटीको पहिलो बैठकले अनुमोदन गरेको निर्णय सर्कुलर मार्फत पठाएर संगठनले कामको जिम्मा तोकेको जानकारी दिएको छ । पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको थियो ।
कार्य विभाजन अनुसार संगठनका उपाध्यक्ष चेतन अधिकारीलाई प्रेस चौतारी केन्द्रीय समाचार डेस्क तथा अनुगमन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । महिला विभाग प्रमुखमा कृपा भण्डारीलाई जिम्मेवारी दिइएको छ ।
अभिलेखालय तथा समन्वय विभाग प्रमुखको जिम्मेवारी हरिवल्लभ नेपाललाई दिइएको छ भने संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु तारुकेलाई दिइएको छ । यसै गरी आर्थिक विभाग प्रमुखमा प्रदीप आचार्य, प्रचार तथा प्रशिक्षण विभाग प्रमुखमा विक्रम लुइँटेल, विदेश विभाग प्रमुखमा नरेश भण्डारी, प्रकाशन विभाग प्रमुखमा प्रकाश सिलवाललाई जिम्मेवारी तोकिएको छ ।
संगठनले कार्यक्रम विभाग प्रमुखको जिम्मेवारी शिवशक्ति आचार्यलाई, सञ्चार संगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी नीरजराज जोशीलाई र सूचना प्रविधि तथा डिजिटल मिडिया विभाग प्रमुखको जिम्मेवारी सन्दीप राईलाई तोकेको छ । श्रव्य दृश्य समन्वय विभाग प्रमुख सुमन ढुङ्गाना, भाषा तथा विधागत पत्रकारिता विभाग प्रमुख विमल नेपाल र सञ्चार संस्था समन्वय विभाग प्रमुख श्यामकृष्ण दाहाल हुनुभएको छ ।
यसै गरी स्वरोजगार मिडिया प्रवर्धन विभाग प्रमुखको जिम्मेवारी गणेश ज्ञवालीलाई दिएको छ । संवैधानिक न्याय तथा संसदीय मामिला विभाग प्रमुखमा कालिका खड्का, जनसंगठन समन्वय विभाग प्रमुखमा कविता अधिकारी, फोटो पत्रकारिता विभाग प्रमुखका केबी गाउँले, रेडियो तथा टेलिभिजन विभाग प्रमुखमा दीपक समीर, सरकारी तथा गैरसरकारी संस्था समन्वय विभाग प्रमुखमा सविन शर्मा, कानुन विभाग प्रमुखमा पार्वती पाण्डे, समावेशी पत्रकारिता प्रवर्धन विभाग प्रमुखमा प्रविन साह, सामाजिक सञ्जाल विभाग प्रमुखमा कृष्ण ओली र मोफसल सञ्चारमाध्यम समन्वय विभाग प्रमुखमा अमृत गिरीलाई जिम्मेवारी तोकिएको छ ।
बैठकले प्रदेश सहइञ्चार्ज तथा जिल्ला इञ्चार्जको जिम्मेवारी पनि तोकेको छ । प्रदेश इञ्चार्ज भने महाधिवेशनले नै टुङ्गो लगाएको थियो ।