अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशन आज, लेखराज भट्टद्वारा उद्घाटन

मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशन आज, लेखराज भट्टद्वारा उद्घाटन


कैलाली-नेकपा एमाले निकट मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो जिल्ला अधिवेशन आज धनगढीमा हुँदै छ। मदन भण्डारीका विचारहरूलाई जनताको कार्यक्रम बनाएर लैजाने र जनता समक्ष स्थापित गर्ने उद्देश्यका साथ स्थापना गरिएको मदन भण्डारी फाउन्डेसन कैलालीको चौथो अधिवेशनको सम्पूर्ण तयारी सकिएको छ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गर्ने छन्। अधिवेशनका विशिष्ट अतिथि एमाले स्थायी कमिटी सदस्य कर्ण थापा रहने संयोजक रामचन्द्र जोशीले जानकारी दिनुभयो।

कैलाली जिल्लाका १२६ वडाबाट प्रतिनिधि र १७ जना आयोजकहरूको अधिवेशनमा सहभागिता रहने आयोजक समितिका संयोजक जोशीले जानकारी दिनुभयो।