विराटनगर – विराटनगर महानगरपालिकाको आयोजनामा आजदेखि उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन सुरु हुँदै छ। उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । कार्यक्रममा सहभागी हुन भण्डारी बिहीबार विराटनगर जानुभएको छ।
सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोसी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वाग्मती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी २९१ जना उपप्रमुख र उपाध्यक्षहरूको सहभागिता हुनेछ ।
सम्मेलन वीरेन्द्र सभागृहमा हुनेछ । सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरूमा चाहिने ज्ञान, सीप तथा कार्यदक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा. गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलन विराटनगर घोषणापत्र जारी गर्दै समापन हुने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।






प्रतिक्रिया