अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टी र नेतृत्व माथि आक्रमण हुँदा पनि माैन नबसौं प्रतिवाद गरौं: राजेन्द्र गौतम

पार्टी र नेतृत्व माथि आक्रमण हुँदा पनि माैन नबसौं प्रतिवाद गरौं: राजेन्द्र गौतम


भक्तपुर-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्व माथि आक्रमण हुँदा पार्टी कार्यकर्ता मौन बस्न नहुने बताउनुभएको छ।

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा शुक्रबार बोल्दै नेता गौतमले पार्टी र नेतृत्व माथि चौतर्फी आक्रमण हुँदा पनि एमालेका नेताहरूले नै आफ्नो धारणा सार्वजनिक नगर्नु दुर्भाग्यको कुरा भएको बताउनुभयो। ‘पार्टी माथि गलत आरोप लगाएर आक्रमण गर्दा पनि हामी धेरै नेता नै मौन बसेका छौँ’, उहाँले भन्नुभयो।

एमाले विरुद्ध भएको भ्रामक प्रचारलाई चिर्न र पार्टीको तर्फबाट देश र जनताको हितमा भएको काम जनतासम्म पुर्‍याउन सञ्चार क्षेत्रको सहयोगको गौतमले अपेक्षा राख्नुभयो। यसको लागि पार्टीले सञ्चार संस्थासँग नियमित सम्पर्क र सम्बन्ध कायमा राख्ने उहाँले जानकारी दिनुभयो।

एमाले सरकामा रहँदा गरेका धेरै कामका फेहरिस्त भएको बताउँदै नेता गौतमले ती फेहरिस्त सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत जनताको बिचमा पुर्‍याउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘पार्टी प्रचारको काम सबैभन्दा महत्वको काम हो, २०८४ को निर्वाचनमा डिजिटल वार हुन्छ, यसको तयारी गरिएन भने हामी पाखा लाग्ने अवस्था आउँछ’, उहाँले भन्नुभयो।

अहिले पनि नेकपा एमालेमा सकारात्मक समाचार सम्प्रेषण हुन नसकेका बताउँदै गौतमले यसलाई कसरी प्रभावकारी रूपमा लैजान सकिन्छ भन्ने विषयमा सोच्नु पर्नेमा जोड दिनुभयो ।

स्थानीय तहका जनप्रतिनिधि र पत्रकारको बिचमा पनि ठुलो ग्याप भएको बताउँदै उहाँले त्यसमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गर्दा स्थानीय तहले गरेको काम जनताको बिचमा पुर्‍याउन सकिने गौतमको धारणा छ।