अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ: महेश बर्तौला

संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ: महेश बर्तौला


काठमाडौ-नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताउनु भएकाे छ।

शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसद्लाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताउनु भएकाे हाे ।

भिजिट भिसा प्रकरणमा दलहरूबिच संवाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उहाँले बताउनु भयाे। बर्तौलाले दलहरूबिच भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गर्नुभयाे।