काठमाडौँ-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरुद्ध संगठित रूपमा विपक्षी लागिपरेको बताउनु भएकाे छ।
शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशको कार्यशालालाई सम्बोधन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरुद्ध पछिल्लो समय राजावादी, माओवादी, रास्वपालगायतका दलहरू संगठित रूपमा लागिपरेको बताउनु भएकाे हाे।
‘अहिले एमाले र एमालेको नेतृत्वविरुद्ध गाली नगरी हाम्रो पसल चल्दैन भन्नेमा पछिल्लो समय सबैभन्दा बढी राजावादी, माओवादी, रास्वपा लगायतका दललाई लागेको छ, ‘उपमहासचिव ज्ञवालीले भन्नुभयाे, ‘एमाले गणतन्त्रवादी दल भएकाले राजावादी विरुद्धमा छन् । ३२ सिटको जादु नचलेपछि माओवादी सरकार, एमाले र नेतृत्वविरुद्ध छ, रास्वपाले पुराना दललाई गाली नगरी अगाडि बढ्न सकिँदैन भन्नेमा प्रष्ट छ। तसर्थ सबैको केन्द्रबिन्दुमा एमाले भएकाले योजनाबद्ध रूपमा कार्य योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
उपमहासचिव ज्ञवालीले निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि सम्पूर्ण घेराबन्दी तोडेर एमाले सरकारमा पुनः पुग्न सफल भएको दाबी गर्नुभयाे। उहाँले एमालेको प्रभावकारी प्रचार, जनप्रतिनिधिको काम गराइ, पार्टी र जनसंगठनले गर्ने कामको आधारमा जनमत बढ्ने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए। उनले देश विकास गर्ने र राष्ट्रवादी शक्ति एमाले भएको उल्लेख गर्नुभयाे।
उपमहासचिव ज्ञवालीले मिसन ८४ लाई ध्यान दिएर आ-आफ्नो स्थानबाट लागि पर्न आग्रह गर्नुभयाे। दुई दिने कार्यशालाले १०१ सदस्यीय प्रचार सञ्जाल गठन गरिएको बागमती प्रदेशकी उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयाे ।
प्रतिक्रिया