अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा काठमाडौँबाट दुई जना पक्राउ

यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा काठमाडौँबाट दुई जना पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीका लागि यूके (बेलायत) पठाइदिन्छु भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई  गरेको छ। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ स्थायी ठेगाना भई हाल काठमाडौं नरेफाँट बसोबास गर्ने ४७ वर्षीय अरुण राज शर्मा रहेका छन्।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कोटेश्वरस्थित नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ। 

महेश लिम्बुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलको अनुरोधमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

अनुसन्धानको क्रममा हालसम्म ३८ जना पीडितबाट यूके पठाइदिने भन्दै झण्डै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको खुलेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय जानकारी दिएको हो।