अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अनेरास्ववियुको २४ औं महाधिवेशनमा अहिले विहान ८ बजेबाट मतदान हुने

अनेरास्ववियुको २४ औं महाधिवेशनमा अहिले विहान ८ बजेबाट मतदान हुने


काठमाडौं -अनेरास्वियुको २४ औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि अहिले विहान ८ बजेबाट मतदान हुँदैछ । यसका लागि उम्मेद्वारहरुको अन्तिम नामावली गएराती प्रकाशन गरिएको छ ।
 
विद्युतीय मेसिनबाट मतदान हुने भएकोले आज नै अन्तिम मत परिणाम आउने अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिनुभयो । 
निर्वाचन कमिटीका अनुसार अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । खुल्ला उपाध्यक्षको लागि चार जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा गणेशबहादुर साही, भरतसिंह धामी लिपुलेक, राजकुमार ढकाल र विकास श्रेष्ठको उम्मेदवारी कायम रहेको छ । 
त्यस्तै महिला उपाध्यक्षमा पनि चार जनाको उम्मेदवारी परेको छ । जसमा अञ्जना सिवाकोटी, आरती भट्टराई, भवानी बजगाईँ र सुजिता धितालको उम्मेदवारी परेको छ ।
महासचिवमा आरके रोमस, दीपक धामी, र सुनिल कँडेलको उम्मेदवारी परेको छ ।
उपमहासचिवमा अमरबहादुर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ ।
सचिवको लागि  ३५ जनाको उम्मेदवारी कायम रहेको छ । 
महाधिवेशनमा १ हजार ५ सय ३४ प्रतिनिधि छन् । 
अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।
यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।
अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने छन् ।