अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा चट्याङ लागेर २ जना घाइते

झापामा चट्याङ लागेर २ जना घाइते


झापा-झापामा चट्याङ लागेर दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा चट्याङ पर्दा ६० वर्षीय पुन्य पौडेल घाइते भएका छन्।

आफ्नै गाई गोठमा काम गरिरहेकाे बेला  हावा हुरिसँगै परेको चट्याङ लागेर घाइते भएका उनको अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। 

चट्याङबाट दुबै आँखा र दाहिने हातमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि गएराति नै परेको चट्याङले लागेर झापाकै शिवसताक्षीमा  पनि एक महिला घाइते भएकी छन्। त्यसैगरि गएराति नै परेको चट्याङले लागेर झापाकै शिवसताक्षीमा  पनि एक महिला घाइते भएकी छन्।  

चट्याङबाट एउटा गाई मरेको प्रहरीले जनाएको छ।