अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यी हुन अखिलमा निर्विरोध निर्वाचित सचिवालय र केन्द्रीय सदस्य (सूचीसहित)

यी हुन अखिलमा निर्विरोध निर्वाचित सचिवालय र केन्द्रीय सदस्य (सूचीसहित)


काठमाडौं-नेकपा एमाले निकट अनेरास्ववियुको २४औँ महाधिवेशनमा सचिवालय सदस्यसहित ११ जना विद्यार्थी नेतृ सर्वसम्मत निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छैन दलित, मधेशी, थारु, मुस्लिम अल्पसंख्यक, पिछडिएको वर्ग महिलातर्फको सचिवालय सदस्यमा भने एक पदका लागि एक जनाको पनि उम्मेदवारी परेन् भने लेखा आयोगको सदस्य महिलातर्फ २ पदका लागि पनि एक जनाको पनि उम्मेदवारी परेको छैन । उम्मेदवारी नै नपरेपछि ती पद रिक्त हुने भएका छन्।

सचिवालय सदस्य

बिहानी पंगेनी, विश्वविद्यालय राष्ट्रिय कमिटी

केन्द्रीय सदस्य

निर्जला पोखरेल, बामगती महिला
रीया मगर, बागमती महिला
अस्मिता रेग्मी, बागमती महिला
सिद्धान्त भट्ट, त्रिवि केन्द्रीय क्याम्पस
सन्ज्योति नेम्वाङ, जनजाती महिला
रञ्जता घतानी, दलित महिला
भूमिकाकुमारी कुँवर, पिछडिएको क्षेत्र महिला

निर्वाचन आयोग सदस्य

प्रार्थना डोटेल, महिला

लेखा आयोग सदस्य

उत्सवी ढकाल, महिला
रेखा तिवारी, महिला

अनेरास्वियुको २४ औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि अहिले विहान ८ बजेबाट मतदान हुँदैछ। यसका लागि उम्मेद्वारहरुको अन्तिम नामावली गएराती प्रकाशन गरिएको छ।