काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा एमालेमा विना सन्दर्भ उमेरको बहस गर्नु उचित नभएको बताउनुभएको छ।
नेता रिजालले सामाजिक सञ्जालमा लेख्दै एमालेमा न अहिले महाधिवेशनको समय छ न नेतृत्व परिवर्तनको यस्तो बेला उमेर सन्दर्भ झिकेर बहस गर्न खोज्नु बेकार भएको उल्लेख गर्नुभएको छ। रिजालले अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ठुलो पार्टीलाई विश्वासमा लिएर सरकारको नेतृत्व गरिरहेको बेलामा एकताबद्ध भएर थप हौसला र उर्जा सहित पार्टी निर्माणमा लाग्नु पर्नेमा कुनै सन्दर्भविना नै उमेर हद र कार्यकालको बहस उठाउनु कुनै कोणबाट उपयुक्त नभएको रिजालको भनाइ छ।
रिजालले लेख्नु भएको छ एमालेमा न अहिले महाधिवेशन छ न त नेतृत्व परिवर्तनको कुनै गुञ्जायस नै छ। यस्तो बेलामा सार्वजनिक खपतका लागि सस्ता चर्चाले नेतृत्व र पार्टीलाई कदापी बलियो बनाउँदैन।
प्रतिक्रिया