अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान सुरु

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान सुरु


काठमाडौं-नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ। 

कीर्तिपुरस्थित त्रिवि सभाहलमा केहीबेरअघि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो। निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ। मतदान साँझ ४ बजेसम्म हुनेछ।

अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ। एक जना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन्।

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएकी छन्।

महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन्।

यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो। तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो।