अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रास्वपाले सोध्यो सुदूरपश्चिम सभापतिलाई स्पष्टीकरण

रास्वपाले सोध्यो सुदूरपश्चिम सभापतिलाई स्पष्टीकरण


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ।पार्टी अनुशासनविरूद्ध गतिविधि गरेको भन्दै विष्टलाई रास्वपा अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो।

प्रकाश विष्टको गतिविधि छानबिनकै क्रममा रहेको र यस विषयमा धेरै बोल्न नमिल्ने पार्टी अनुशासन समितिका रमाकान्त रिमालले बताउनुभयो।

रास्वपाका एक नेताले दिएको जानकारीअनुसार सुदूरपश्चिम सभापति विष्टले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै प्रदेशका केही सदस्यहरूले हटाउन माग गर्दै आयोगमा उजुरी दिएका थिए । अनुशासन आयोगले त्यही उजुरीमाथि छानबिन गर्दै स्पष्टीकरण सोधेको हो। स्पष्टीकरणका लागि तोकिएको समयावधि र विषय रिजाल र विष्ट दुवैले खुलाउन चाहेनन्। विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ।