काठमाडौं-सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
प्रतिनिधिसभाको अवरोध हटाउनेबारे छलफलका निम्ति सभामुख घिमिरे र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता गरेको हो।
छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने अडानसहित विपक्षीले २०८२ जेठ १३ गतेदेखि सदन अवरोध गरिरहेका छन्।
प्रतिक्रिया