अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक

लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक


काठमाडौं-संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ। विराटनगर–८ मधुमारास्थित आफ्नै निवासमा पोखरेलका पिता रामचन्द्र पोखरेलको बुधबार साँझ सवा ६ बजे ८८ वर्षको उमेरमा निधन भएको हो।

बुधबार साँझ अचानक अस्वस्थ बनेका पोखरेलको उपचारका लागि लैजान नपाउँदै निधन भएको हो।

लेखा समिति सभापति पोखरेल जेठा छोरा हुन् । उनको परिवारमा भाइ फडिन्द्र पोखरेलसहित दुई बहिनीहरू छन् ।

पोखरेलको अन्तिम संस्कार आज बिहान विराटनगरको हाटखोलास्थित परम विश्रान्ति श्मसानघाटमा गरिएको परिवारले जनाएको छ ।