अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जानुहुँदै

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जानुहुँदै


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाँदै जानु हुने भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्री ओली स्पेन भ्रमणबारे जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री राणाका अनुसार प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन जान लाग्नु भएको हो।

नेपाल पनि यसको आयोजक समितिमा बसेको हुनाले केही दिनअघि भएको भर्चुअल बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको परराष्ट्रमन्त्री राणाले जानकारी दिनुभयो।