काठमाडौं-नेकपा एमालेकी सांसद तुलसा कुमारी दाहालले कोरोनाको विपद् र क्षति भोगेको थोरै समयमा पुनः सोही आतङ्क दोहोरिन लागेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ।
शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले कोरोना बारेमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो। उहाँले भारतबाट नेपाल प्रवेश गर्ने पाँच जनामा कोरोना पुष्टि भएको बताउँदै नेपाल प्रवेश गर्ने नाकाहरूमा चाँडोभन्दा चाँडो चेकजाँचको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।
सांसद दाहालले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण गर्ने गरी अन्तर्राष्ट्रियकरण प्रयोगशालाको रूपमा स्तरोन्नति गर्ने, पूर्वाधार विकासलगायतको व्यवस्थामा समय लाग्ने भएकाले कोरोना न्युनिकरणतर्फ योजना बनाएर लाग्न सरकारसँग आग्रह गर्नुभयो।
कोरोना न्युनिकरण तर्फ योजना बनाएर लाग्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘अहिले कोरोनाको बिगबिगी बढेको, केही प्रभावित भएको र अस्पतालमा भर्ना भएको आकस्मिक र तत्कालीन स्वास्थ्य समस्या खास ठाउँमा मात्र छ कि देशभरि नै फैलन सक्ने सम्भावना छ ? स्वास्थ्य क्षेत्रका विज्ञ र डाक्टरहरूले के आङ्कलन गरिरहेका छन् रु तथ्यले के देखाइरहेको छ यो सुरुवाती अवस्थामै बुझ्न र समस्या समाधानमा लाग्नुपर्छ। स्वास्थ्य मन्त्रालय र माननीय स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि कोरोनाको विपद् क्षति भोगेको धेरै भएको छैन। फेरि त्यही आतङ्क दोहोरिन लागेको त हैन रु गम्भीर हुन सरकारलाई आग्रह गर्दछु। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारको नमुना परीक्षण गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको रूपमा स्तरोन्नति गर्ने, पूर्वाधारको विकास गर्ने गरुी जनशक्ति प्रविधिको व्यवस्था गर्ने विषयमा समय लाग्न सक्छ। योजना अगाडि सारिएको छ तर कोरोना चाँडै नै आइरहेको हुनाले यसतर्फ योजना बनाएर लाग्नका निमित्त आग्रह गर्न चाहन्छु। अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्ने पाँच जना नेपालीलाई कोरोना भएको पुष्टि भएको छ। भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा चेकजाँचको व्यवस्था चाँडोभन्दा चाँडो व्यवस्था गर्न माग गर्दछु।’
उहाँले स्वास्थ्य क्षेत्रका विज्ञ र डाक्टरहरुले आँकलन गरिरहेको कोरोना समस्याको शुरुवाती अवस्थामै बुझेर समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो।
प्रतिक्रिया