अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक पारित

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक पारित


काठमाडौं-संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित गरेको हो।

सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रश्ताव गर्नुभयो। प्रश्तावलाई सदनबाट सर्वसम्मतिले पारित गरिएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले कुनै पनि नियम कानून सधैँ पुरानै रहनुपर्ने भन्ने नहुने र काम गर्ने चरणमा देखिने समस्या सुधार गर्दै जानुपर्ने बताउनुभयो।