अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारी पुनः स्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौं: मन्त्री पौडेल

सरकारी पुनः स्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौं: मन्त्री पौडेल


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताउनुभएको छ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति कार्यक्रममा क्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको स्पष्ट पार्नुभयो । त्यसभित्र विशेष पुनः स्थापना इकाइ बनाइ सो सेवाहरू उपलब्ध गराउने विषय समेत उल्लेख गर्नुभयो। सरकारले तयार पारिरहेको राष्ट्रिय पुनः स्थापना रणनीतिको मस्यौदामा सङ्घीय तहमा नमुनाको रुपपा कम्तीमा एउटा सरकारी पुनः स्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना ल्याइएको छ। त्यसभित्र विशेष पुनः स्थापना इकाइ बनाइ सो सेवाहरू उपलब्ध गराउने विषय समेत उल्लेख गरेका छौँ। यस बाहेक सरकारले तयार पारिरहेको राष्ट्रिय पुनः स्थापना रणनीतिको मस्यौदामा सङ्घीय तहमा नमुनाको रुमपा कम्तीमा एउटा सरकारी पुनः स्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ।’

मन्त्री पौडेलले सरकारको पुनः स्थापना केन्द्र सञ्चलन र व्यवस्थापनको लागि थप बजेटको व्यवस्था गरिएको बताउनु भयो।