अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

 भिजिट भिसामा मेरो संलग्नता छैन: गृहमन्त्री लेखक

 भिजिट भिसामा मेरो संलग्नता छैन: गृहमन्त्री लेखक


काठमाडौं-गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताउनु भएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो।

गृहमन्त्री लेखकले आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गर्नुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन। हुन सक्दैन। मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु।’

गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्।