अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वीरगञ्जमा गर्मी नघटेपछि थप छ दिन विद्यालय विदा

वीरगञ्जमा गर्मी नघटेपछि थप छ दिन विद्यालय विदा


पर्सा- वीरगन्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः ६ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले यसअघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो। सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

वीरगन्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो।
‘वर्खे सट्टे बिदाबाट मिलान हुने गरी सो बिदा दिइएको हो’, लामिछानेले भन्नुभयो।