अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधी सभाको बैठक आज विहान ११ बजे देखि

प्रतिनिधी सभाको बैठक आज विहान ११ बजे देखि


काठमाडौं- प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्दैछ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ुसंघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ।

आजकै बैठकबाट बजेटमाथिको सामान्य छलफल सुरू गरिने कार्यसूची छ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रतिनिधि सभा अवरूद्ध गर्दै आएका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएको थियो।

सहमतिपछि शुक्रबार नै गृहमन्त्री रमेश लेखकले भिजिट भिसालाई लिएर आफूमाथि लगाइएको आरोपबारे संसदमा स्पष्टीकरण दिनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने अवरोध जारी रहने बताएको छ।