अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गको निर्माणाधिन बेलिब्रिज भाँचिदा तीनजना कामदारको मृत्यु

पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गको निर्माणाधिन बेलिब्रिज भाँचिदा तीनजना कामदारको मृत्यु


काठमाडाै‌- शनिबार पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गको निर्माणाधीन हेवा खोला पुल भाँचिदा घाइते भएकाहरूमध्ये थप तीन जनाको मृत्यु भएको छ।
उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको थियो।

मृत्यु हुनेहरूमा बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर १२ निवासी रूपलाल चौधरी, राजन चौधरी र राकेश चौधरी रहेका छन्।

यो पुल यसअघि पनि दुई पटक बगेको थियो। २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो।

तर, त्यो बेलिब्रिज पनि २०८१ असोज १२ गते बगेको थियो। अहिले भत्किएको पुल तेस्रो पटक बनाइँदै गरेको मोडुलर बेलिब्रिज थियो।