काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखका बारेमा टिप्प्णी गर्नेहरुले एक पटक आफ्नो अनुहार ऐनामा हेर्न आग्रह् गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका साँसदहरुलाई अडानमा नाममा संसदीय प्रक्रियालाई बन्धक नबनाउन सुझाव दिनुभएको उहाँले छ रास्वपाले संसदमा जारी राखेको अवरोधप्रति लक्षित गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेनु भएका भट्टराईले सभामुखका बारेमा आफ्नो सुविधा अनुसार व्याख्या गरेको भन्दै भन्दै प्रश्न गर्नुभएको छ । ‘नाराबाजीका बीच संसद चल्नु राम्रो होइन तर के यो पहिलो पटक हो त ?विगतमा पनि प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले नारा लगाएकै थिए ’ भट्टराईले लेख्नु भएको छ ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एक पटक आफैंलाई ऐनामा हेर्ने कि ?’
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भट्टराईले नाराबाजीका बीच संसद चलेको यो पहिलो पटक नभएको रास्वपालाई स्मरण गराउनु भएको छ ।
संसदमा नाराबाजी गर्ने साँसदहरुलाई उहाँले संसदीय प्रक्रियामा बहस गर्न निम्तो पनि दिनुभएको छ । भट्टराईले कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ?सबैको सहमति कसरी बनाउने आदि विषयमा छलफल गर्न पनि आह्वान गर्नु भएको छ । ‘कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ?सबैको सहमती कसरी बनाउने ?सहमतीको न्यूनतम आधार के लाई बनाउने ?बहुलबादी समाज र बहुदलीय प्रणाली भएका मुलकमा हरेक विषयमा सबैको सहमती हुनैपर्छ भन्ने ग्यारेन्टी कसले गर्छ ?’ भट्टराईले लेख्नु भएको छ ‘बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने ? आउनुहोस छलफल गरौं ।’ भट्टराईले संसदलाई सकेसम्म सर्वस्विकार्य प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । तर अडानमा नाममा संसदीय प्रक्रियालाई नै बन्धक बनाउने नबनाउन उहाँले चेतावनी पनि दिनुभएको छ । सभामुख देवराज घिमिरेलाई दोषी देखिरहेका रास्वपका साँसदलाई सचिव भट्टराईले सोध्नु भएको छ ‘दोषी सभामुख कि हाम्रो इगो ?’
प्रतिक्रिया