अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बहुप्रतिक्षित ग्वार्को फ्लाइओभर असार ६ गतेबाट सञ्चालन हुने, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

बहुप्रतिक्षित ग्वार्को फ्लाइओभर असार ६ गतेबाट सञ्चालन हुने, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने


काठमाडौ – ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो।

आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो। मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भए पछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिनुभयो।