अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रहरीले फरारको सुचीमा राखेका राजावादी मध्ये धवल शम्शेर अदालतमा हाजिर, रविन्द्र मिश्र सम्पर्कविहिन

प्रहरीले फरारको सुचीमा राखेका राजावादी मध्ये धवल शम्शेर अदालतमा हाजिर, रविन्द्र मिश्र सम्पर्कविहिन


काठमाडौं – राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु भएको छ । राणाअदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार बिहान आफैं अदालत आउनु भएको हो । उहाँको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।