काठमाडौं-नेपाली कांग्रेसले वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो।
शुभारम्भ कार्यक्रममा बोल्दै कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सबै एकजुट हुनुपर्न बताउनुभयो। पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो। विानाशलाई पर्खिनु भन्दा केही गरेर असर न्युनिकरणका लागि पहल गर्न जरुरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम शुरु गरिएको बताउनु भयो। विपद् व्यवस्थापन सम्बन्धी नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने तालिममा सहभागी गराइने बताउनुभयो ।
उहाँले तालिम प्राप्त जनशक्तिलाई देशमा कतै जाँदा पनि फरेस्ट, इन्भायरोमेण्ट र क्लाइमेट चेन्जको विषयमा सिकाउनसक्ने जानकारी दिइने बताउनु भयो।
प्रतिक्रिया