अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनतासँग जोड्न र नयाँ पत्रकार उत्पादनका लागि प्रेस चौतारी दाङले तालिम सञ्चालन गर्दै

जनतासँग जोड्न र नयाँ पत्रकार उत्पादनका लागि प्रेस चौतारी दाङले तालिम सञ्चालन गर्दै


दाङ-प्रेस चौतारी दाङले सङ्गठनलाई क्रियाशील र प्रभावकारी बनाउन आज बसेको बैठकले कार्य योजना निर्णय पारित गरेको छ। 

चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता, चौतारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज टीका बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमाले दाङका उपाध्यक्ष एवम् जन वर्गीय सङ्गठनका प्रमुख मनोहर बुढाथोकी र चौतारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनको विशेष उपस्थितिमा बसेको बैठकले चौतारीको कार्य योजना पास गरेको हो।

कार्य योजनामा चौतारीको पालिका कमिटी क्रियाशील बनाउने, चौतारीलाई जनतासँग जोड्ने, नयाँ पत्रकार उत्पादनका लागि तालिम सञ्चालन, अक्षयकोषलाई थप व्यवस्थित बनाउने लगायतका कार्यक्रम समेटिएको छ। बैठकमा चौतारीका लुम्बिनी प्रदेश सह इञ्चार्जको जिम्मेवारी पाउने गणेश आचार्य र जिल्ला इन्चार्जको जिम्मेवारी पाउने दुर्गालाल केसीलाई बधाई सहित स्वागत सम्मान गरिएको थियो।

बैठकमा चौतारीका ९ वटा पालिका कमिटी गठन गरिएको र १ वटामा गठन प्रक्रिया चलिरहेको सम्वन्धित पालिकाका संयोजकहरूले जानकारी दिनुभएको थियो। बैठकले जिल्ला शाखामा स्थापना भएको अक्षयकोषलाई थप व्यवस्थित बनाउन जिल्ला पदाधिकारी, सल्लाहकार तथा अक्षयकोषदातासँग छलफल गर्ने निर्णय गरेको छ। यसैगरी, बैठकमा चौतारी र पार्टीको गतिविधिलाई प्रचार-प्रसार गर्न केन्द्रीय सदस्य गणेश आचार्य र जिल्ला अध्यक्ष सुधासुमन ढकाल रहेको चौतारी सञ्चार डेक्स स्थापना गरिएको जानकारी गराइएको थियो।

बैठकलाई चौतारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईञ्चार्ज टीका बस्नेत, नेकपा एमाले दाङका उपाध्यक्ष एवम् जनवर्गिय संगठनका प्रमुख मनोहर बुढाथोकी, चौतारीका निवर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, चौतारीका लुम्बिनी प्रदेश सहइञ्चार्ज गणेश आचार्य, जिल्ला इञ्चार्ज दुर्गालाल केसी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्मा, जिल्ला सचिव जेएन सागर लगायतले सम्बोधन गर्नुभएको थियो।

प्रेस चौतारीका जिल्ला उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको बैठकको सहजीकरण चौतारी दाङका सचिव निमुसंगम घर्तिले गर्नुभएको थियो।