अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इरानी सर्वोच्च नेताद्वारा युद्धको घोषणा

इरानी सर्वोच्च नेताद्वारा युद्धको घोषणा


काठमाडौं-इरानले आधिकारिक रूपमा इजरायलविरुद्ध युद्धको घोषणा गरेको छ। इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले बुधबार एक्समा लेखे– युद्ध सुरु हुन्छ। हामी आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनेछौँ। हामी उनीहरूलाई कुनै दया देखाउने छैनौँ।

इरानी सर्वोच्च नेता खामेनीको घोषणासँगै इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरान र इजरायलबीच विगत छ दिनदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ।

मिडिया रिपोर्टहरूका अनुसार अमेरिका पनि चाँडै इरान–इजरायल युद्धमा सामेल हुनसक्छ। मंगलबार क्यानडाबाट फर्केपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरे। यसपछि अमेरिकाले मध्य पूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेको बताइएको छ।