अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

२२ किलो लागू औषधसहित एक जना पक्राउ

२२ किलो लागू औषधसहित एक जना पक्राउ


काठमाडौँ-प्रहरीले २२ किलो लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट मंगलवार खटिएको संयुक्त प्रहरी टोलीले बारा जीतपुर सिमरा उप-महानगरपालिका-८ लोसण्डा बस्ने ४५ वर्षका रामपुकार सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार जीतपुर सिमरा उप-महानगरपालिका-८ ईम्लिप्रतिस्थित फिल्डमा २ वटा बोरामा लैजाँदै गरेको अवस्थामा उक्ता समान बरामद गरेको हो ।

लागू औषध गाँजासहित पक्राउ परेका सहनीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।