काठमाडाैं-नेकपा एमालेकाे जनसंगठन संयन्त्रको बैठक जारी छ। एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा जनसंगठन संयन्त्रको बैठक जारी रहेको छ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेकाे बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागी छन्।
पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नुहुनेछ। नयाँ नेतृत्वलाई संगठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्याउने, मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुहुने ढकालले जानकारी दिनुभयो ।
आजको बैठकबाट निवर्तमान अध्यक्षहरुलाई विदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिनुभयो । एमालेका २३ जनसंगठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरु सुरु हुने चरणमा छन् ।





प्रतिक्रिया