काठमाडौं-प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि अवरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध गरेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया