अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुद्धाको किनारा नलागेसम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

मुद्धाको किनारा नलागेसम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश


काठमाडौं – उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकको मुद्दाको किनारा नलागेसम्म पक्राउ नगर्न आदेश दिएको छ ।
पत्रकार पाठकले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै उच्च अदालतबाट दायर गरेको रिटमा विहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नेदखिदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू नगराउनू भनी असार ३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
सँगै आदेशको जानकारी विपक्षीलाई दिन भनिएको छ ।

साथै पत्रकार तथा सञ्चार माध्यममाथीको कारबाही किनारा लगाउने निकाय प्रेस काउन्सिल रहेको अदालतले स्मरण गराएको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ मा भएको व्यवस्था तथा ऐन अनुसार लागू भएको पत्रकार आचार संहिता, २०७३ को व्यवस्था अनुसार सञ्चार माध्ययम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले उक्त काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भई त्यस्तो उजुरीमाथि छानबिन र कारबाही हुन सक्ने अवस्था रहेको आदेशमा लेखिएको छ ।