अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका उपमहासचिव मेटमणी चौधरी विरुद्ध ठगी मुद्धा दर्ता

नेकपा एसका उपमहासचिव मेटमणी चौधरी विरुद्ध ठगी मुद्धा दर्ता


काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ।

बुधबार कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।
‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ। यसबारे हामी छलफलमा छौं,’ उहाँले भन्नुभयो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको उच्च स्रोतका अनुसार चौधरीविरूद्ध एभरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो।

उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका प्रहरीले जनाएको छ।

हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ।

‘जाहेरवालालाई सनाखत गर्नका लागि बोलाउने प्रक्रिया हुन्छ। सनाखत भएपछि अनुसन्धानको नियमित प्रक्रियामा अघि बढ्छ,’ स्रोतले भन्यो, हस्ताक्षर नमिलेर चेक बाउन्स भएको भन्ने कुरा छ। हामी हेर्दै छौं।

चौधरी गत आम निर्वाचनमा दाङ क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।