अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधि सभामा रास्वपा र राप्रपाको विरोध कायमै

प्रतिनिधि सभामा रास्वपा र राप्रपाको विरोध कायमै


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै गरेको छ। शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा उनीहरु विरोध जनाएका हुन्।

सभामुख देवराज घिमिरेले कार्यसूचिलाई अगाडी बढाउनसँगै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए। साथै, रास्वपाका सांसदहरुले आजको बैठकमा पनि निलो रिबन बाँधेर सांकेतिक विरोध जनाएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन्। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची पनि रहेको छ।