अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देशका अधिकांस स्थानमा आज वर्षा हुने,केही स्थानमा भारी वर्षाको सम्भावना

देशका अधिकांस स्थानमा आज वर्षा हुने,केही स्थानमा भारी वर्षाको सम्भावना


कामठाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले बिहान जारी गरेको बुलेटिन अनुसार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै राती कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।