अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विधान महाधिवेशनको तयारीका लागि एमाले सचिवालय बैठक आगामी बुधबार

विधान महाधिवेशनको तयारीका लागि एमाले सचिवालय बैठक आगामी बुधबार


काठमाडौं -नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी ११ गते बस्ने भएको छ । पार्टीका एक पदाधिकारीले दिएको जानकारी अनुसार केही दिन पहिले नै बैठक बस्ने तयारी गरिए पनि महासचिव शंकर पोखरेल देश बाहिर भएका कारण बैठक केही पछि धकेलिएको हो । बैठकमा मुख्यत आगामी भदौको अन्तिम साता हुने विधान महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पेन भ्रमण असार १४ देखि हुने भएकोले सो भ्रमणको औपचारिक जानकारीका लागि पनि बैठक डाकिएको छ ।
एमालेका एक् पदाधिकारीका अनुसार १० औं महाधिवेशन देखि यता पार्टीका विभिन्न निकायमा काम गर्दा महसुष गरिएका कानुनी अड्चन र सिकाइलाई विधान महाधिवेशनमा सच्याएर जाने तयारी छ । खासगरी पार्टीका कमिटीहरु ठुला भएकोले सञ्चालनमा समस्या आएकोले तिनलाई घटाउनु पर्ने दबाब नेताहरुलाई छ । यस अघि जनसंगठनहरुमा विगतका ठुला र भत्ता कमिटीहरुको आकार घटाइसकिएके छ । जनसंगठनमा पदाधिकारीको संख्या पनि १७ जनाबाट ९ जना झारिएको छ । पार्टीमा पनि यही नीति लागु गर्ने पक्षमा अधिकांस नेताहरु छन् ।
आगामी बैठकले राजनीतिक प्रतिवेदन तयारीका लागि अध्यक्ष केपी शर्मा ओली,साँगठनिक प्रतिवेदन तयारीका लागि महासचिव शंकर पोखरेल र विधान संसोधनका लागि एकजना उपाध्यक्षको नेतृत्वमा समिती बनाइने एमाले स्रोत बताउछ । यसैगरी विधान महाधिवेशनको तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी पनि दिइने स्रोतको भनाइ छ ।