अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रौतामाई गाउँपालिका वडा-२ का वडा अध्यक्ष होम दाहालको निधन

रौतामाई गाउँपालिका वडा-२ का वडा अध्यक्ष होम दाहालको निधन


उदयपुर-उदयपुरको रौतामाई गाउँपालिका वडा-२ का वडाअध्यक्ष होम बहादुर दाहालको निधन भएको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठका अनुसार दाहालको २०८२ असार ७ गते शनिबार असामयिक निधन भएको हो।

उहाँ मुटुको रोगको उपचार गराइरहनुभएको थियो। पारिवारिक स्रोतका अनुसार एक हप्ता अगाडि दाहालको मुटुको शल्यक्रिया गरिएको थियो, तर सफल हुन सकेन।

रौतामाई गाउँपालिकाले वडा अध्यक्ष दाहालको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। दाहालको निधनमा रौतामाई गाउँपालिकाका क्षेत्रभित्र शोक बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले जानकारी भयो।

दाहाल नेकपा एमाले कोशी प्रदेश कमिटीका पूर्व सदस्य तथा साविक भुट्टार गाविसका पूर्व अध्यक्ष हुनुहुन्थ्यो।

नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा उदयपुर क्षेत्र-२ का सांसद अम्बर बहादुर रायमाझीले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष दाहालको निधनले सिङ्गो पार्टीलाई क्षति पुगेको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य रायमाझी सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘नेकपा एमाले कोशी प्रदेश कमिटी पूर्व सदस्य तथा तत्कालीन भुटार गाविसका अध्यक्ष, हाल रौतामाइ गाउँपालिका वडा नम्बर-२ का वडा अध्यक्ष, आदरणीय व्यक्तित्व क. होम बहादुर दाहालको असामयिक निधनले मर्माहत भएको छु। उहाँको निधनले सिङ्गो पार्टी र पालिका परिवार स्तब्ध भएको छ। यस दु: खद घडिमा भावपुर्ण हार्दिक श्रध्दाञ्जलि व्यक्त गर्द्छु परिवारजनमा गहिरो समवेदना व्यत्त गर्दछु !!!’