अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गायक जनार्दन ढकालको प्रेमभावले भरिएको गीत ‘तिमी आउन’ सार्वजनिक

गायक जनार्दन ढकालको प्रेमभावले भरिएको गीत ‘तिमी आउन’ सार्वजनिक

भिडियोसहित


काठमाडौं-गायक जनार्दन ढकालको स्वरमा रहेको गीत ‘तिमी आउन’ सार्वजनिक भएको छ। गायन, रचना तथा शब्द सबैमा ढकालको आत्मीय स्पर्श रहेको यस गीतले विरह, आशा र समर्पणको कथा बोल्छ।

यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने भिडियोलाई च्याम खुसेले निर्देशन गरेका छन्। ओपल म्युजिक स्टुडियोमा भुपेन राजबंशीले रेकर्ड गरेका यस गीतमा विश्व अधिकारीकै गिटारको मधुर धुन सुन्न सकिन्छ।

भिडियोमा जनार्दन ढकाल र मालिका राईको अभिनय रहेको छ। छायांकन, सम्पादन र सम्पूर्ण दृश्यकलामा भूपेन राजबंशीको भूमिका रहन गएको छ। मेकअप आर्टिस्टका रूपमा च्याम खुसे र प्रोडक्सन सहायकमा शंकर लिम्बू फोम्बो तथा सुजन भण्डारीले साथ दिएका छन्।