काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताउनुभएको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताउनु भयो। उहाँले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताउनुभयो। पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताउनु भयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हनुसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौं। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रुपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यि सबै कुरा छन्।’
प्रतिक्रिया