अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रोल्पाको थवाङ-५ का वडाध्यक्षको निधन

रोल्पाको थवाङ-५ का वडाध्यक्षको निधन


रोल्पा-रोल्पाको थवाङ गाउँपालिका-५ का वडाध्यक्ष गोवर्द्धन घर्ती मगरको निधन भएको छ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्ती मगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले जानकारी दिनुभयाे। अन्त्यष्ठीको लागि वडाध्यक्षको शव गएराति नै घर पुर्याइएको थियो। 

मिर्गौला र कलेजोको समस्यासँग जुधिरहेका मगरको हिजाे साँझ निधन भएको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले जानकारी दिनुभयाे। 

‘मिर्गौला र कलेजोको समस्यासँग जुधिरहेका रोल्पाको थवाङ गाउँपालिका-५ का वडाध्यक्ष गोवर्द्धन घर्ती मगरको उपचारकै क्रममा उहाँको निधन भएको हो,’ गाउँपालिकाका अध्यक्षले याे बेलाडटकम सँग भन्नुभयाे, ‘हामी अहिले उहाँको अन्तिम संस्कारको लागि घाट जाँदैछौँ।’

वडाध्यक्ष मगरको निधनमा थवाङ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ। घर्ती स्थानीय तहका गएका दुवै निर्वाचनमा थवाङ-५ बाट प्यानलसहित विजयी भएका थिए।