अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोलामा १७ सयले घट्यो सुन

तोलामा १७ सयले घट्यो सुन


काठमाडौं-नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन १७०० रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो।