अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काम गर्न सक्ने उमेरको साढे ११ प्रतिशत जनसंख्या बेरोजगार : श्रममन्त्री भण्डारी

काम गर्न सक्ने उमेरको साढे ११ प्रतिशत जनसंख्या बेरोजगार : श्रममन्त्री भण्डारी


काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको बताउनुभयो। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उहाँले श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग जोडिएको विषय भन्दै यसबारे जानकारी गराउनुभएको हो।

ुजनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको छ, उहाँले भन्नुभयो देशभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरू संलग्न रहेको अवस्था छ।ु

वैदेशिक रोजगारीमा युवाको आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु मुख्य चुनौती रहेको उहाँको भनाइ छ। उहाँले बेरोजगार दर कम गर्न आगामी १० वर्षका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि बताउनुभयो।