अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोडको बजेट

दमक नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोडको बजेट


झापा-झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आज एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गर्नु भएको हो ।

बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि संस्थागत घरबाहल कर बढाउने नगरसभाले कर बढाउने उपप्रमुख प्रसाईले बताउनुभयो । उहाँले यस अघि सबै घरबहाल कर २ प्रतिशत मात्र रहेकोमा आगामी आर्थिक वर्षदेखि सस्थागत घरबाहल कर १० प्रतिशत पुर्याउने प्रस्ताव दमक नगरसभामा पेश गर्नुभएको हो।