अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड

ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड


ललितपुर-ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को लागि रु. ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ।

मङ्गलबार महानगरको सातौ नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो। चालु खर्चतर्फ रु.२ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगत तर्फ चार अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ। 

नगरलाई समृद्धि र सुशासन, सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ।