काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। ललितपुरको च्यासलस्थित एमाले पार्टीकाे मुख्य कार्यालयमा दिउँसो १ बजेका लागि बाेलाइएकाे हो।
बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयाे।
आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ।






प्रतिक्रिया