अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ

एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ


काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निकाल्ने तयारी गरेको छ। एसईई नतिजा हेर्नका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ। एसईई को नतिजा पुरानै ग्रे डिङ प्रणाली अनुसार सार्वजनिक गरिने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जनाएको हो।

कार्यालयले एसईईको नतिजा हेर्न सकिने बेवसाइटहरुको विवरणसमेत सार्वजनिक गरेको छ। 

नजिता हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभीआर गर्न सकिने छ ।

यस्तै, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एसईई डट जिओभी डट एनपी, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट डब्लुडब्लुडब्लु डट एनइबी डट जीओभी डट एनपी लगायत वेबसाइटबाट हेर्न सकिने छ ।

हेर्नुहोस् सूचना