अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सीप सिकेर स्वदेश फर्किएका युवालाई विकासका अगुवा बनाउनुपर्छः श्रममन्त्री भण्डारी

सीप सिकेर स्वदेश फर्किएका युवालाई विकासका अगुवा बनाउनुपर्छः श्रममन्त्री भण्डारी


काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम सिकेर स्वदेश फर्किएका युवाहरूलाई विकासका अगुवा बनाउनुपर्ने बताउनुभएको छ। बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो।

मन्त्री भण्डारीले जिसीसी राष्ट्रहरूसँग संयुक्त पुनःएकीकरण कोष स्थापना गरी फर्किएका श्रमिकलाई सीप प्रयोगमा लगाएर विकासका अगुवा बनाउन जरुरी रहेको बताउनुभयो। उहाँले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिवद्धता भएको बताउनु भयो। मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको लागि आह्वान गर्नुभयो।

मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय आप्रवासन संगठन तथा सहभागिता जनाउने सबै प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आजको संवाद आप्रवासन सम्बन्धी साझा दृष्टिकोण, मानवीय गरिमा र मानव अधिकारका मुल्यलाई अघि बढाउने एक महत्वपूर्ण प्लेटफर्म भएको बताउनुभयो।

मन्त्री भण्डारीले नेपालजस्ता श्रम आपूर्ति गर्ने मुलुकहरूको दृष्टिकोण प्रश्तुत गर्दै श्रम पठाउने र श्रम आमन्त्रित गर्ने राष्ट्रहरूबीचको आपसी बुझाइ बलियो बनाउन यस्ता संवादहरू अपरिहार्य रहेको उल्लेख गर्नुभयो। 

मन्त्री भण्डारीले जीसीएमका २३ उद्देश्यहरूलाई कार्यान्वयन गर्दै सबै राष्ट्रहरूलाई न्युनतम मानव अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। नेपालबाट लाखौं आप्रवासी श्रमिकहरूले जीसीसी राष्ट्रहरूको समृद्धिमा योगदान दिँदै आएको चर्चा गर्दै मन्त्री भण्डारीले आप्रवासी श्रमिकहरूलाई श्रमिक मात्र नभई विकासका साझेदारका रूपमा हेर्नुपर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो।