अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै

माधव नेपालको बयान सकियो, थुनछेक बहस सुरु हुँदै


काठमाडौं-पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएको छ। 

न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बयान सकिएको हो। बयानपछि थुनछेक बहस सुरु भएको छ। बहसपछि थुनछेक आदेश हुनेछ।नेपालका पक्षबाट ५० जनाले वकालतनामा लेखाएको तर ८ जनाले मात्रै बहस गर्ने तय भएको छ।