अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक सुरु  

च्यासलमा एमाले सचिवालय बैठक सुरु  


काठमाडौं–नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले मुख्यालय सुरु भएकाे हाे। आज दिउँसो १ बजे बस्ने तय भएको थियो। तर प्रधानमन्त्रीको कार्यव्यस्तताको कारणले बैठक ३ बजेलाई सारिएको थियाे ।

बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताउनुभयो ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ।